राप्ती सोनारीको समृद्धि र विकासका लागि सम्बद्ध सरोकारवालासँग छलफल गरिएको छ ।
राप्ती सोनारी गाउँपालिका कार्यालय अगैयामा बुधबार छलफल गरिएको हो ।
छलफलमा राप्ती सोनारी क्षेत्रमा रहेका पुर्वमन्त्री, पुर्वसभासद, साविक गाविसका पुर्वप्रधान/अध्यक्ष, क्याम्पस प्रमुख/अध्यक्ष लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको हो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा उपस्थित सरोकारवालाले राप्ती सोनारीको समृद्धि र विकासका लागि आफुहरुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।
सो क्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, समाजसेवी डिल्ली गिरी लगायतको पनि उपस्थिती रहेको थियो ।
सत्यपाटी । बाँके ।