सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोग

आजदेखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने

आफू रहेकै जिल्लाबाट नाम दर्ता गर्न सकिने

निर्वाचन आयोगले आज (बुधबार) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ ।

आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न सकिने जनाएको हाे ।

जुन जिल्लामा बसेको हो सोही जिल्लाको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम लेखाउन वा अद्यावधिक गर्न सकिने पनि आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा बस्दै आएका अन्य जिल्लाका मतदाताले समेत काठमाडौं जिल्ला निर्वाचन कार्यालय बिजुली बजारबाट मतदाता नामावलीमा नाम लेखाउन सक्ने जनाएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी आगामी मंसिरकाे पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेश र संघको निर्वाचन मंसिर महिनाकाे पहिलो सातासम्म गर्ने गरी आयोगले तयारी थालेको बताउनुभयो।

एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी थालेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ०९:३७