जिल्ला अनुुगमन समिति बाँकेले राप्ती सोनारी गाउँपालिकाका नदीजन्य पदार्थ अवैध घाटगद्दी नियन्त्रण गर्ने अनुगमन गर्ने भएको छ ।
जिल्ला समन्वय समितिको गठनपछि पहिलोपल्ट सोमबार जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थको उद्खननको अनुगमन गर्ने निणर्य गरेको हो ।
जिल्ला समन्वय समितिमा बसेको बैठकमा राप्ती सोनारी गाउँपालिकाको अनुगमन टोलीले गरेको अनुगमन र घाटगद्धीको नापचाँजको अवस्था र त्यसपछि प्रमाण पुर्याउन दिएको समयमा आएका घाटगद्दीकोबारे अनुगमन गरी प्रमाण नपुगेका सबै घाटगद्दीहरु जफत गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेकपा एकीकृत समाजवादीका नेता अशोक कोइरालालगायतले नदीजन्य पदार्थको व्यवस्थित उत्खनन्, प्रशोधन र ओसारपसारमा सरोकारवाला सबै एकबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले आफूहरुले अनुगमन गरेर राप्ती सोनारीमा नदीजन्य पदार्थको उत्खनन्को वास्तविक अवस्था बाहिर ल्याइदिएको र अब त्यसको पनि अनुगमन जिल्ला समितिले गरेर अगाडिको प्रकृयामा सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डांगीले गाउँपालिकाले नदीजन्य पदार्थको व्यवस्थापनका लागि गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
महासंघ र समितिको समर्थन राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएको छोटो समयमै नदीजन्य पदार्थको व्यवस्थापन र नियमनको काम सह्राहनीय रहेको भन्दै वातवरण संरक्षमा सम्बद्ध दुई संस्थाले समर्थन जनाएका छन् । सामुदायिक वन उपभोक्त महासंघ राप्तीसोनारी वडा नम्बर ८ र वन तथा वातावरण संरक्षण समन्वय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै समथन जनाएका हुन् ।
सत्यपाटी । बाँके ।