सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको डुडुवामा पोषण सम्वन्धी पाँच दिने तालिम शुरु

बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्तर्गतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, सह संयोजक विरेन्द्र घलेले सहजीकरण गरिरहेका छन् ।

डुडुवामा गत आर्थिक वर्ष २०७७/०७८ मा १५३ जना कुपोषित बालबालिकाहरु रहेका छन । त्यसमा २४ जना नयाँ जोखिम कुपोषित बालबालिका रहेका छन् भने अति जोखिम नया ५ जना कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको ।

गत आर्थिक २०७८/०७९ मा १५० जना कुपोषित बालबालिकामध्ये १६ जना नयाँ र ४ जना अति जोखिम कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाका सिताराम चौधरीले बताए ।

यो तालिम दुई चरणमा गरिनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार १८:११