बाँके राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित सैनिक पोशाकमै एक जना शिकारीलाई नियन्त्रणमा लिइएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले आईतबार ती शिकारीलाई हतियारसहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–१३ सिम्री बस्ने वर्ष ५४ का बमबहादुर पल्ली मगरलाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार साहले जानकारी दिए । सेना र निकुञ्ज प्रशासनको नियमित गस्तीका क्रममा उनलाई पक्राउ गरिएको साहले जानकारी दिए ।
पक्राउ परेका मगरका साथबाट एकनाले भरुवा बन्दुक लोड गरिएको अवस्थामा बरामद गरिएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश सापकोटाले जानकारी दिए ।
सत्यपाटी । बाँके ।