एकर्फी तर्क–वितर्क दिँदै नेता रिझाएर फाइदा लुट्ने वर्गले दिनहँ गठबन्धनको लाभ देखाउँदै ‘कांग्रेसमा सांगठनिक सुधार’ भनेर दैनिक अलाके पनि यथार्थमा काठमाडौं जिल्लाले ठूलो सांगठनिक घाटा ब्यहोर्नुपरेको तथ्य छर्लङ्ग छ । यस घाटालाई लुकाएर नेता रिझाउन गलत सन्देश प्रचार गर्नाले केही व्यक्तिले फाइदा लेलान्, पार्टीले सैद्धान्तिक र सांगठानिक नोक्सान ब्यहोर्दै छ । यस तथ्यलाई पार्टीका विवेकशील नेताले बुझ्न जरुरी छ ।
१. काठमाडौंका कांग्रेसीले गठबन्धन चाहेका थिएनन् । केही नेताको स्वार्थका कारण गठबन्धन लादियो । मतदाताले देखाएरै अवज्ञा गरे । परिणामस्वरूप पार्टीको उम्मेदवारै नभएको काठमाडौं महानगर, चन्दागिरि, नागार्जुन नगर पालिकामा उपमेयरमा र शंखरापुरको मेयरमा रूख चिन्हमा मतदान गरे ।
१ लाख भन्दा बढी मत जनताले उम्मेदवार नभएको रुख चिन्हमा हालेर गठबन्धनको विरोध जनाए । परिणामस्वरूप उपमेयर जित्न सकिने अबसरबाट कांग्रेस वञ्चित भयो । १ लाख मत खेरजानु पार्टीको लागि ठूलो घाटा हो । यो सोचनीय कुरा छ ।काठमाडौंका जनता नेताका अनुकूलले मतदान गर्दैनन् । गठबन्धनको नाममा जबरजस्ती उम्मेदवार खोसेर कांग्रेसले ४ वटा उपमेयर एमालेलाई चढायो । ५ वर्ष कांग्रेसी उपमेयरले जनतासँग हातेमालो गर्ने अवसर कांग्रेसस्वयंले गुमायो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।