सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर ओरालो लागेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय ३० वटा कम्पनीकाे २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १८:०२