सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा गाउँपालिकामा पनि पाँच दिन गर्मी विदा

 गर्मी अत्याधिक बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले पाँच दिन गर्मी विदा दिएको छ ।

आजदेखि असार ३ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बाँकेका पालिकाहरुले गर्मी विदा दिएका हुन् ।

देशकै अत्यधिक गर्मी हुने बाँकेमा पछिल्ला केही दिनदेखि ह्वात्तै गर्मी बढेकोछ । गर्मी बढ्नुका साथै तातो हावा (लू) चलिरहेको छ । जसले गर्दा विद्यार्थी लगायतलाई पठनपाठनमा असर परिरहेकोछ ।

गर्मीका कारण बाँकेको ८ पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले ५ दिनका लागि विद्यालयमा बिदा दिइसकेकाछन् ।

गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै यी पालिकाले जेठ २७ गतेदेखि भोली जेठ ३१ गतेसम्मका लागि विद्यालय बन्द गरेकाछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १७:५३