सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रहरी कार्यालय बाँके

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने काम नगर्न बाँके प्रहरीको आग्रह

कानूनी कारबाही गरिने चेतावनी

जिल्ला प्रहरी कार्यालय बाँकेले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने काम नगर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दै गएपछि बाँके प्रहरीले सोमबार यस्तो आग्रह गरेको हो ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी ले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने जो सुकैलाई कानूनी कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले हाल विभिन्न सामाजिक सञ्जालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दो क्रममा देखिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

बाँके प्रहरी प्रमुख एसपी अधिकारीले कसैले पनि धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पु¥याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक सञ्जालहरुमा सम्प्रेषण नगरिदिन अनुरोध गरेका छौं ।

उनले भने यदि उल्लेखित किसिमका धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पु¥याउने किसिमका लेखरचना, व्याङ्गात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक सञ्जालहरुमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्ष सम्मा कैद र २० हजार जरिवाना गरिने बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १७:४६