सूचनाको शक्ति - The Power Of Information

        

विचार

जलवायु परिवर्तन : खर्क चरण पशुपालनको चिन्ता

पशुपालन पनि बालीनाली प्रणालीको साथसाथै फस्टाउँछ । किनकी यसले एक अर्कालाई लाभान्वित गराउँदछ ।

प्रेइस्टोसिन युग जुन लगभग २६ लाख बर्ष पहिले शुरु भयो । जुन ११ हजार ७०० बर्षसम्म चल्यो । खर्कमा पशुहरु चराउनेको जिन्दगी गतिशिल हुने गर्दछ । प्राचीन कालदेखि नै तिनीहरु विभिन्न जलवायु स्थितिमा आफ्नो आजीविकाको खोजीमा एक क्षेत्रबाट अर्को क्षेत्रमा बिचरण गरिरहन्छन् । तीनको यस गतिशिलताको रक्षाका लागि राष्ट्रिय सर्मथन मिलोस् भन्ने उद्देश्यले संयुक्त राष्ट्र संघले एउटा अपील जारी गरेको छ । यो अपील जारी भएपछि विश्वको ध्यान यस प्राचीन व्यवस्थातिर गएको छ । पशुपालन वा पशुधनका लागि एउटा व्यापक चरण प्रणाली विकशित भइसकेको छ ।

व्यवस्थित तरीकाले खेतीपाती सुरु हुनुभन्दा पहिले नै पशु चरण खर्क व्यवसाय बनिसकेको थियो । यस प्रकारले यो प्रणाली एउटा नयाँ जलवायु स्थितिमा एवं होमोसेपियन्सका लागि जीवित श्रोतका रुपमा विकशित भयो । यस प्राचीन तरिकालाई अहिलेसम्म धेरै कम बुझिएको छ या यसबारे कमै अभिलेख गरिएको छ । यो प्रथा अहिले पनि चलन चल्तीमा छ । विश्वभरीमा १० देखि करोड मानिसहरुले अझै पनि यसलाई एउटा आर्थिक गतिविधिका रुपमा अपनाएका छन् । हाम्रो आफ्नो परिवेषमा उत्तरी हिमाली जिल्लाहरुमा यो प्रथा आज पनि प्रचलनमा छ । धर्तीको क्षेत्रीय सतहको एक चौथाइ भाग अहिले पनि यस यसै किसिमको उत्पादन प्रणालीका लागि प्रयोग गरिन्छ ।

जब यो प्रणाली शुरु भयो त्यतिबेला पृथ्वी हिमयुगबाट बिस्तारै तातो (मानव प्रेरित हैन जुन औद्योगिक क्रान्तिँगै शुरु भएको थियो) हुँदै थियो । यसै बेला आजका मानव पुरै धर्तीमा पाउन थालेका थिए । खर्क एवं चरणसँग जोडिएको प्रणाली खासगरी कठोर जलवायु क्षेत्रहरुमा पाइन्छ । यो निर्विवाद रुपले सबैभन्दा बढी संसाधन–दुर्लभ भौगोलिक क्षेत्रमा पाइने गरेको छ अर्थात् यो प्रणाली जलवायु लचिलो एवं कुनै पनि जलवायु परिस्थिति अनुकुल छ । यो प्रणाली खर्कसम्म बेला–बेलामा पुग्ने मानिस एवं पशुलाई अप्रतिबन्धित गतिशिलताको वरिपरि घुम्दछ । यस प्रणालीमा पशुपालक राष्ट्रिय तथा अन्तरदेशीय सिमाहरु पार गर्दछन्, निजी तथा सार्वजनीक जमीन प्रयोग गर्दछन् ।

पशुपालन पनि बालीनाली प्रणालीको साथसाथै फस्टाउँछ । किनकी यसले एक अर्कालाई लाभान्वित गराउँदछ । बालीनालीहरुबाट आउने बालीनाली अवशेष पशुहरुका लागि घाँस आहारा बन्दछ र पशुहरुबाट किसानले मल पाउँछन् । तर, यस प्रणालीमाथि पनि चुनौती खडा भएको छ । आधुनिक प्रणालीले यस प्रणालीलाई अनावश्यक रुपले खारेज गरिदिएको छ । विश्वभरीका पर्यावरण विभागहरुले चरण खर्क प्रणालीलाई पर्यावरणको लागि खतरा मानेका छन् । साथै कृषि नीतिहरुले उत्पादन बढाउन स्थायी कृषि एवं परिधन खेतीलाई प्राथमिकतामा राखेका छ । परिणामस्वरुप खर्क चरण ओझेलमा परेको छ ।

सयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि सङ्गठनले मेकिङग वेः डेवलपिङ्ग नेशनलले लिगल एण्ड पोलीसी फ्रेम वर्क फर पैस्टोरल मोविलिटी जारी गरेको छ । एफएओको नवीनतम दस्तावेज भन्छ, ‘पशुपालकहरुलाई पिछडिएको एवं अनुत्पादक मानिन्छ । साथै ऐतिहासिक रुपबाट प्रतिकुल कानुनहरुका कारणले तीनलाई कम गरेर आँकलन गरिएको छ । चरण खर्क धाउनेहरु संसाधनको कमी एवं गतिशिलतामाथिका प्रतिबन्धहरु प्रति संवेदनशील हुने गर्दछन् । यद्यपी तिनीहरुलाई उत्पान क्षेत्रहरुबाट बाहिर गरिन्छ । त्यसैले उनीहरु सिमित उपलब्ध खर्क चरण संसाधनहरुमा निर्भर हुनुपर्दछ । गतिशिलताको रक्षा एवं विनियमन गर्ने कानुनको अभावमा चरण खर्क धाउनेहरु अन्य संसाधन उपयोग कर्ताहरु एवं राज्यसँगको संघर्षमा अल्झिन पुग्दछन् ।’

खर्क चरणलाई जहिले पनि पर्यावरणलाई क्षति पुर्याउने मानेर यस प्रथालाई मास्ने कि भन्ने कुरा उठ्ने गरेको छ । अर्थात् खर्क चरणलाई आर्थिक गतिविधिका रुपमा प्रोत्साहित गर्नका लागि यथेष्ट उत्पादक मानिदिनका लागि आवाज उठेको छ । यस प्रणालीका कयौं पर्यावरणीय एवं आर्थिक फाइदाहरु छन् । खर्क चरणले प्राकृतिक मलको उत्पादन एवं वितरक हुन् । यस्तो मलको मुल्य करिब ४५ अरब डलर हुने अनुमान छ । बिभिन्न अध्ययनहरुबाट थाहा भएका छन् कि आधुनीक प्रणालीको तुलनामा खर्क चरण प्रणालीमा प्रतियुनिट दानामा बढी प्रोटिन उत्पादन हुन्छ । यस सम्बन्धी तथ्याङ्क हेर्ने हो भने छिमेकी भारत उत्पादनमा ५० प्रतिशत हिस्सा रहेको छ ।

आफ्नो परिवेशमा उच्च हिमाली भेगमा प्रचलीत यस प्रणाली अन्तरगत पालिएका याक, चौरी एवं भेडा च्याङ्ग्राका उत्पादनको पनि कम महत्व नहोला । हामी त देशैका बेला डोल्पा, मुस्ताङ, मनाङबाट कति भेडा च्याङग्रा पोखरा काठमाडौं आइपुगे, अनि कति महङ्गो भनेर अल्झिएरै बसेका छौं । मिट एट्लस २०२१ अनुसार पशुधनको विकशिल देशहरुमा सक्कल घरेलु उत्पानदमा ३.४ प्रतिशत हुने अनुमान छ । जसमा दुई तिहाई हिस्सा खर्क चरणबाट आउँछ । यस बाहेक यो सबैभन्दा कठिन भौगोलिक क्षेत्रमा सबैभन्दा गरीब समुदायहरुको अर्थ व्यवस्था हो । यो प्रणाली बदलिँदा जलवायु परिस्थितिसँग बढी प्रभावकारी ढंगले जुध्नका लागि विकशित भएको हो ।

यसैले यो सबैभन्दा गरीव समुदायहरुका लागि आजीवको एउटा व्यवहार्य श्रोतको रुपमा अहिले पनि कायम छ । यस प्रणालीलाई मिल्ने नितीगत सर्मथन सबैभन्दा कठिन जलवायु स्थितिमा बसोवास गर्ने सबैभन्दा गरीव समुदायहरुको अर्थ व्यवस्थालाई लचिलो बनाउने दिशामा एउटा प्रभावकारी कदम हुनेछ । यसो भएमा आज देशका विभिन्न भागका प्राकृतिक वन जङ्गल क्षेत्रमा सञ्चालित बन उपभोक्ता समुह एव नदी किनारका चौर जुन प्राकृतिक चरणको एउटा हिस्सा थिए । आज विभिन्न खोल अतिक्रमणको चङ्गुलमा परेको छन् । जसबाट फिरन्ते खर्क चरणमा आधारित पशुपालन सडकमा पलायन हुने स्थितिमा पुगेका छन् । तीनको पुनरोत्थानका साथै कठिन भौगोलिक जलवायु क्षेत्रमा बसोवास गर्ने गरिब सिमान्तकृत समुदायको सहज जिविकोपार्जन सहज माध्यम होला भन्न सकिन्छ । (लेखक डा.कार्की जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरबाट सेवा निवृत्त भेटेरीनरी प्रमुख हुन् ।)

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १४:३५