सूचनाको शक्ति - The Power Of Information

        

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर-२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादवको मृत्यु भएको हो ।

आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका-८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२-०३-००४प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरेर उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।

उपचारको क्रममा सवा ११ बजे उनीहरुको मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०९:२२