सूचनाको शक्ति - The Power Of Information

        

अर्थ समृद्धि

सुख्खा बन्दरगाह निर्माण गर्न हुम्लाको यारीमा सम्भाव्यता अध्ययन

सुख्खा बन्दरगाहका लागि सम्भाव्यता अध्ययन सुुरु भएको हुम्लाको यारी क्षेत्र ।

हुम्लाको नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु भएको छ । यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुुगेर अध्ययन सुुरु गरेको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनसँगको सीमा क्षेत्र यारीमा सुुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुुरु भएको बताइन् । चालुु आर्थिक वर्षमा सरकारले उक्त सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको थियो ।

यसका लागि केही समयअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनौट गरि सम्झौता गरेको थियो । लिमिटेडसँगको सम्झौतासँगै दुुई सदस्यीय टोली हुम्ला पुुगेर स्थलगत रुपमा अध्ययन सुुरु गरेको प्रजिअ परियारले बताइन् ।

टोलीमा खटिएका इन्जिनीयर सन्तोष खड्काले टोली यारी पुुगेर स्थलगत रुपमा अध्ययन सुुरु गरेको बताए । उनले बन्दरगाह निर्माण क्षेत्रको टोपोग्राफीको अध्ययन हुने बताए । त्यसैगरी जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिने बताए ।

त्यसैगरी यारी क्षेत्र ४४०० मिटर अग्लो भएको कारण हिउँ पन्छाउन मिल्ने अवस्थाको पनि अध्ययन गरिनेछ । उक्त क्षेत्रका कर्णाली करिडोरको सडक पनि जोडिएको छ । सरकारी जमिन पनि प्रसस्त मात्रामा रहेको छ । उनले कर्णाली, लुुम्बिनी र सुदूरपश्चिम प्रदेशले यस बन्दरगाहबाट फाइदा लिन सक्ने बताउदै उक्त बन्दरगाह व्यापारिक तथा रणनैतिक महत्वको हुने बताए ।

टोली चीनसँगको सीमा क्षेत्र हिल्सामा पनि पुुग्नेछ । नौ दिन स्थलगत अध्ययनपछि टोली यारीबाट फिर्ता हुनेछ । उनले फिल्ड अध्ययनपछि तयार हुने प्रतिवेदन असार महिनाभित्र मन्त्रालयलाई पेश गर्ने बताए । उक्त बन्दरगाहको अध्ययनपछि डिपिआर तयारीको बाटो खुल्नेछ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुुर शाहीले नौ वर्ष अगाडी यारी बन्दरगाहको माग सरकारसँग राख्नुु भएकोथियो । बन्दरगाह भने कर्णाली प्रदेशमै पहिलो र व्यापारिक महत्व झल्किने छ । हुुम्लामा उत्पादन जडिबुुटी, फलफुुल, तरकारी, काठ सहज रुपमा निकासी गर्ने बाटो खुल्नेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०९:११