सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

सेयरमा पनि राजनीति ?

वित्तिय संस्थाहरु डुबे पनि जनतासँग डिपोजिट लिनका लागि हामी डुबेका छैनौं भनेर ढाँटिरहेका छन् ।

अर्थमन्त्री जर्नादन शर्माको कारणले सेयरमा लगानी गर्ने व्यक्तिहरु डुबेर सडक छाप । राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको परिवार र आफन्तका नाममा विभिन्न चार लाख कित्ता सेयर छ । पहिला आफनो सेयरको मुल्य बढाउनको लागि पनि गर्भनरको ठुलो हात छ । बजारमा सेयर व्यापारीलाई सेयर खरिद गर्न लगाएर सेयरको मुल्य बढाएर जनता डुबाउनको लागि पनि गर्भनरको हात छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेयरमा लगानी गर्नु भनेको जुवा खेलेको बराबरको भनेर भन्नु नै सेयर लगानीकर्ता डुब्ने हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयर लगानी कर्ताहरुले माओवादी पार्टीलाई कमिशन नदिँदा रिसाएर पुष्पकमल दाहालले त्यस्तो भने । अहिले सेयरमा लगानी गर्ने मान्छेहरु लगानी डुबेर भागि सकेका छन् । सेयर धित्तो राखेर कर्जा दिने बैंक तथा फाइनान्स सहकारीहरु डुबी सके । बैंक तथा फाइनान्स सहकारीमा भएको पैसा निकाल्न पनि जनताहरुलाई गाह्रो छ । सेयरका कारणले डिपोजिट गर्ने व्यक्तिहरुले पैसा पनि दिन सकेका छैनन् । सेयरमा लगानी गर्ने मानिसहरुले सेयरको मुल्य बढ्छ भनेर सिधा जनताहरुलाई फसाइरहेका छन् ।

सरकारले सेयर किन्न बेचमा बन्देज लगाएको छैन । नयाँ सेयरमा लगानी कर्ता डुबिरहेका छन् भने पुरानो सेयर लगानी कर्ताहरुले नयाँ लगानी कर्तालाई बेचेर कमाइरहेका छन् । तर, अहले जनताहरुले सेयर किन्न छाडिसके । सरकारकैं कारणले सेयरमा लगानी गर्ने मानिसहरुको घरखेत डुब्यो । सेयरमा लगानी गर्नेहरु राजनीतिक पार्टीको सदस्य लिएर आफैं नेता भन्नका प्रधानमन्त्री, अर्थमन्त्री, गर्भनर र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिरहेका छन् । सेयर लगानीकर्तालाई के चेतना आएन भने आन्दोलन गरेर मात्र सेयरको मुल्यवृद्धि ह्वात्तै बढ्दैन ।

जनताहरु अब सेयर किन्नु भनेको डुब्नु हो भने कुरा थाहा पाइसके । जनताहरु बाठो भएर सेयर किन्न छाडेर सेयरको मुल्य घटेको हो । हिजो नाफा कमाएर वित्तिय संस्थाहरुले आँखा चिम्लिएर सेयर धितो राख्नेलाई जति पनि कर्जा दिए । कर्जा लिने सेयर लगानीकर्ताहरु भागिरहेका छन् । त्यसको कारणले गर्दा पनि वित्तिय सस्था डुब्यो । वित्तिय संस्थाहरु डुबे पनि जनतासँग डिपोजिट लिनका लागि हामी डुबेका छैनौं भनेर जनतालाई ढाँटिरहेका छन् । वित्तिय संस्थामा व्यक्तिहरुले पैसा राख्न छाडिसके । वित्तिय संस्थान भने डिपोजिट बढ्यो भनेर प्रचार गरिरहेका छ । जनतामा अहिले धेरै चेतना आएको छ ।

वित्तिय संस्था र सेयर लगानी कर्ताको कुरा जनताले मान्नदैनन् । अझैं पनि जनतामा चेतना कम भएको हो कि अहिले पनि थोरै भए पनि सेयर किन्न बेच भइरहेका छ । अर्थमन्त्री शर्माले सेयरको मुल्य वृद्धि हुन्छ भने पनि जनताहरुले किन्दैनन् । अर्थमन्त्री शर्माको कुरा जनताले विश्वास गर्दैन । तीन हजारमा किनेको एक कित्ता सेयर अहिले ३०० मा विक्री हुँदैन । सेयरमा लगानी गर्नेहरुको पैसा वालुवामा पानी मिसाए बराबर भयो । सेयरका लगानी कर्ताहरु कमाई हुन्छ भनेर ऋण धन गरेर सेयर त किन्ने तर, डुब्यो । लिएको ऋण तिर्न नसकेर भागे । हिजोका सेयरमा लगानी गर्नेहरु नाफा हुँदा कारमा हिँड्थ्यो भने अहिले त सार्वजनिक सवारी साधनमा पो भेटिन्छ ।

हिजो खाजा र खाना खान महँगो ठाउँमा हुन्थ्यो भने अहिले साधारण चिया पसलमा भेटिन्छ । सेयरमा लगानी गर्नेहरुको घरमा रुवावासी छ । हिजो नाफा हुँदा खुशीको सिमा भएन भने अहिले घाटा हुँदा घरपरिवार नै लथालिङ्ग भएको छ । पुरानो सेयर लगानी कर्ताहरु डुबेको देखेर नयाँ मानिसहरु डुब्नबाट खोज्ने हो कि । अहिले भट्टी, चिया, रक्सी, र किराना पसलमा सेयरले मलाई डुबायो भन्नेहरु धेरै छन् । सेयर कै कारणले गर्दा पनि कतिको त डिभोर्स भएको कुरा पनि सुनिन्छ । यसरी सेयरमा लगानी गर्ने मानिसहरु डुब्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा कानमा तेल हालेर बसिरहनु भएको छ ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले १०० रुपैंयामा किन्नेको सेयरलाई तीन हजार रुपैंया हालेर किन्नु नै गलत हो भनेर भनेका थिए । खतिवडाले भनेको कुरा अहिले आएर पुरा भयो । सेयरमा लगानी गर्नैहरु बढेको दिन खुशी हुन्छन् भने घटेको दिन दुखी हुन्छन् । सेयरमा लगानी गर्नेहरु डिपेरशनमा गइसकेका छन् । तर, अझैं पनि सेयरको मुल्य बढ्छ भनेर सेयर खेलाडीहरुले प्रचार गरिरहेका छन् । अब जनताहरुलाई ठग्न नपाइने हो भनेर सेयरको मुल्य बढाउने र घटाउने दलालीहरुलाई अहिले रातमा निद्रा कि दिनमा भोक भइरहेको छ ।

अझै पनि पर्दाभित्र बसेर राजनीतिक पार्टीको आडमा सेयरको मुल्य बढाउन नेताको घर पुगिरहेका छन् । तर, नेताले होइन जनताले सेयर खरिद गर्ने हो । तर, जनताले सेयर किन्न छाडिसके । अब कसरी सेयरको मुल्य वृद्धि हुन्छ ? मरेको मान्छे फर्केर आउँछ र ? अनि घटेको सेयर कहिले बढ्छ ? यस्ता कुरामा जनताहरु सर्तक हुनुपर्छ । आफैंसँग भएको पैसा सेयर किन्नेर डुबाउनुहुँदैन । सबै चिजमा जनताहरुलाई चेतना भयो भने दलाली र सेयरका दलालीहरुले जनतालाई ठग्न सक्दैनन् । दलालीहरु सरकारको ऐन कानुन पनि नमान्ने र सिधा जनताहरुलाई ठग्ने ।

यस्ता ठगहरुको अन्त्य जनताहरुले नै गर्ने हो । बैंक तथा फाइनान्सहरु घाटामा हुँदा पनि नाफाको विवरण मात्र सार्वजनिक गदिँदा बैंक तथा फाइनान्सको सेयरको मुल्य पनि बढ्ने र डिपोजिट पनि बढ्ने । अहिले त्यसको घाटा जनता र सेयरमा लगानी गर्नेहरुले भोगी रहनु परेको छ । कति सहकारी तथा फाइनान्स भागिसके । कति बैंक मर्जरको अवस्थामा छन् । तर, अहिले पनि जनताको पैसा पाए भने लिन छाडेका छैन । सहकारीमा अहिले जनताहरुले पैसा राख्न छाडिसके । अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिने कि सेयरमा लगानी गर्नेहरु डुबाउने । अब नेपाल अर्थतन्त्रको हालत श्रीलंका जस्तो हुन्छ भनेर ओलीले भने ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ०७:२८

सिफारिस