सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरीद्धारा प्रतिबन्धित ब्राउनसुगर सहित पाँच जना पक्राउ

बाँके प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी सोनु श्रेष्ठ, २० वर्षका विशाल कुँवर, २१ वर्षीय दिवस डाँगी र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् ।

दुई बालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका सोनु र विशाललाई शनिबार बेलुका पौने ८ बजेतिर नियन्त्रणमा लिएर चेकजाँज गर्दा उनीहरुले बोकेको गुडियाभित्र लुकाएर ल्याएको ७ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।

यसैगरी प्रहरीले शनिबार राती नै साढे १० बजे १७ वर्षिय दुई बालक र दिवसलाई नियन्त्रण्मा लिएर चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा सेतो प्लाष्टिकको पोकामा लुकाइ राखेको १७ ग्राम ब्राउन सुगरको १८ वटा पुडिया बरामद गरिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका पाँचै जना विरुद्ध आवश्यक अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार १९:५५