सूचनाको शक्ति - The Power Of Information

        

बिश्व बालश्रमबिरुद्ध दिवस

नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने

प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता

नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ ।

बिश्व बालश्रमबिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए ।

यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै उनले आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । नेपालगञ्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख कमरुद्दीन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिए ।

अधिकाँश विपन्न समुदायका बालबालिकानै बालश्रममा रहेको भन्दै उनले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे ।

विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने र शिक्षा,स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार १९:२७