सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो भदौ २८ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले १८२ का लागि ४ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ ।

यो ट्रेजरी बिल भने आउँदो मंसिर २७ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले २०८० जेठ ३० गते परिवक्व हुने गरी ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ ।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार १०:१३