सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वर्ष २०७९/८०

नेपालगञ्ज उपमहानगरले नयाँ बजेट र योजना तर्जुमा गर्दै

आवश्यक तयारी गर्न कर्मचारीलाई निर्देशन

नेपालगन्ज उपमहानगरले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट र योजना तर्जुमा गर्न तयारी सुरु गरेको छ । आगामी असार १० गतेभित्र उपमहानगरपालिकाले अनिवार्य रुपमा नगरसभा गरेर बजेट पेश गर्नुपर्नेछ ।

यसका लागि उपमहानगरपालिका बजेट तथा योजना तर्जुमा कार्यमा ब्यस्त हुन थालेको कर्मचारी बताउँछन् । यसै सन्दर्भमा  आगामी बजेटमा स्वास्थ्य क्षेत्रका विषय बस्तु समावेश गर्न पुर्व तयारी गरिएको छ ।

पूर्वतयारी बैठकलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले यहाँको स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक तयारी गर्न कर्मचारीलाई निर्देशन दिए । सो क्रममा उनले स्वास्थ्य क्षेत्रमा आन्तिरिक बजेटमार्फत प्राथामिकतामा राखेर बजेट निर्माण गरिने उल्लेख गरे ।

यस्तै उपप्रमुख कमरुद्दिन राईले उपमहानगरका सबै वडाका स्वास्थ्य संस्थामा कम्तिमा एमबिबिएस उतीर्ण गरेका चिकित्सक राख्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए । गुणस्तरिय स्वास्थ्यका लागि छोरी पढाउ छोरी बचाउ जस्ता कार्यक्रम समेत लागू गर्न आवश्यक रहेको बताए ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले शाखाको वार्षिक कार्ययोजना र हालको सेवा प्रवाहको बारेमा जानकारी मुलक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र ११ स्वास्थ्य चौकी तथा १२ वटा गाउँशहर क्लिनिक र आधारभूत स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतवार ०९:२३