आज आइतबार पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
आइतबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयसम्मको बजेटका शीर्षकमाथि छलफल हुनेछ।
संसद् सचिवालयका अनुसार आइतबार विनियोजन विधेयक २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ।
सत्यपाटी । काठमाडौँ ।