देशकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्दिन राईलाई बधाई तथा शुभकामना दिदैँ बित्तीय गतिविधिमा सहकार्यका बिषयमा छलफल गरेको छ ।
बैंकको तर्फबाट नेपालगन्जस्थित सिटी अफिसका सहायक शाखा प्रवन्धक धर्मराज कोइराला र धम्बोझी शाखाका शाखा प्रबन्धक मेख बहादुर खत्री नेतृत्वको टिमले शुक्रबार नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दियो ।
सो अवसरमा बैंकको तर्फबाट नेपालगन्जका सेवाग्राहीलाई सरल र सहज तरिकाले बित्तीय सेवा प्रदान गरिरहेको जानकारी दिदै उपमहानगरसङ पनि सहकार्य गर्न तयार रहेको अवगत गराइयो ।
नगर प्रमुख बिष्ट र उपप्रमुख राईले हरेक सेवाग्राहीलाई सहज तरिकाले सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिदै नेपाल बैंकसग सहकार्य गर्ने बारेमा छलफल गरेका थिए ।
नेपाल बैंक देशकै पहिलो बैंक हो भने अहिलेको आर्थिक समस्याको बेलामा समेत बैंकको निक्षेप तथा कर्जा प्रवाह उत्कृष्ट छ ।
सत्यपाटी । बाँके ।