सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिइन

दक्षिण भारतिय फिल्म क्षेत्रकी अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले फिल्म निर्देशक विग्नेश सिवानसँग बिहीबार विवाह गरेकी हुन् ।

नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए ।

त्यस्तै, विवाहको रिसेप्शन आज शुक्रबार राखिएको छ । विवाहको रिसेप्शनमा शाहरुख खान, रजनीकान्त, कमल हासन, चिरञ्जीवी, सुरिया, कार्ती, विजय सेतुपति, सामन्था रुथ प्रभु लगायत साउथ र बलिउड फिल्म उद्योगमा थुप्रै सेलिब्रेटी सहभागी हुनेछन् ।

रिसेप्शन पार्टी पछि भोलि शनिबार नयनतारा र विग्रेश मिडियासँग भेट्नेछन् । समाचारका अनुसार नयनतारा र विग्रेशको विवाहलाई फिल्म निर्माता गौतम मेननले निर्देशन गर्नेछन् ।

जसलाई डकुमेन्ट्री (वृत्तचित्र) बनाएर ओटीटी प्लेटफर्ममा बेचिनेछ । नयनतारा र विग्रेशको विवाहको डकुमेन्ट्री ठूलो रकममा बेचिने बताइएको छ ।

नयनतारा र विग्रेश सन् २०१५ देखि प्रेम सम्बन्धमा थिए । फिल्म ‘नानुम राउडी धान’ मा सँगैकाम गरे देखि उनीहरूको प्रेम कसिलो हुँदै गयो । सन् २०१६ मा दुबैले एक अवार्ड कार्यक्रममा आफ्नो सम्बन्धबारे पुष्टि गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ०८:२४