सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज दिइने

सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन

कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ ।

उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।

बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्तको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

यसैबीच, मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।

सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने बताईएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ०७:५६