सूचनाको शक्ति - The Power Of Information

        

कामको भारीले थिचिए बालबालिका

१६ बर्षिय लोकेश सिंह १० कक्षामा पढ्छन । उनका भाइ अविशेक अहिले १३ वर्षका भए उनि ६ कक्षामा अध्ययनरत छन । जेठको पहिलो हप्ताबाट उनीहरुकोे विध्यालय चलिरहेको छ ।

उनीहरुलाई भने विध्यालय र पढाइ भन्दा खेतीपाती लगाउने कामको चिन्ता र चटारो छ । ‘विहान ५ वजे तिर उठेर विध्यालय जान्छौ । १ वजे दिउसो विध्यालय बन्द हुन्छ ।

घरमा दिउसो १ बजे खाना खाएर साझ ६ बजे सम्म खेतमा काम गर्न जान्छौ ।’ आफ्नो दैनिकी विस्तार गर्दै लोकेशले भने, ‘सबैका खेत जोतिसके हाम्रा मात्र बा“की छन ।

विध्यालय गएको वेला पनि काम कै चिन्ता लाग्छ ।’ लोकेशका बाबु लखन ६ महिना अघि कामको खोजीमा भारत हिडे पछि उनिहरु माथी खेतीपाती लगायत घरको कामको सम्पुर्ण जिम्मा थोपरिएको हो ।

अहिले उनको घरमा आमा र दुइ भाइ छोरा मात्र छन । महिलाले हलो जोत्ने लगायतका खेतीपातीका काम गर्ने चलन नभएका कारण यि बालबालिकालाई कामको बोझ आइलागेको हो ।

उनि मात्र नभएर उनका गा“उका अधिकांस बालबालिकाको दैनिकी यस्तै छ । लोकेशको गा“उ कैलासबाट मात्र ५ सय भन्दा बढी पुरुषहरु कामको खोजीमा भारत तिर हिड्ेका छन ।

जिल्ला भरिबाट कति मानिसहरु भारत गएका छन भन्ने यकिन तथ्याङ्क नभए पनि यस वर्ष मात्र बझाङबाट १० हजार भन्दा बढी भारत गएको अनुमान छ ।

घरको काम धन्दा चलाउने र खेतीपाती लगाउने मानिस घर नफर्के पछि जिल्ला भरीका हजारौं बालबालिकाहरु माथी कठोर शारिरिक श्रम गरेर घर परिवार चलाउने जिम्मेवारी परेको छ भने कार्यबोझको कारण पढाई प्रति ध्यान दिने समय नपाउदा पठनपाठन पनि प्रभावित भएको बालबालिकाहरु बताउछन ।

६ महिना अघी श्रीमान विदेश गए पछि आफ्ना जुम्ल्याहा ९ – ९ वर्षका २ छोराहरुले सबै खेतीपातीको काम धानिरहेको वताउने पिमिकी लालदेवी सिंहले भनिन ‘उब्जनी नभए पनि खेती ठुलो छ ।

यिनिहरु नभए त मेरो विचल्ली हुने थियो । कसैलाइ सहयोग मागौं भने पनि गा“उमा मान्छे नै छैनन । धन्न मेरा छोराहरुले खेती धानिरहेका छन ।’ हलो जोत्ने, मल बोक्ने खन्ने काममा आफु जस्तै साथीहरु मिलेर एक अर्काको सहयोग पनि गर्ने गरेको उनका ८ वर्षिय छोरा कलस सिंहले बताए ।

बालबालिकाहरु माथी कामको बोझ थपिए पछि पढाईमा पनि कमजोर हुने गरेको नारायण माध्यमिक विद्यालय कैलासका शिक्षक लोकेन्द्र बहादुर सिंहले बताए । ‘खेतीपाती लगाउने समय छ ।

घरमा काम गर्ने मानिस नभएका कारण विद्यार्थीहरु त्यतै तिर बढी व्यस्त हुने गरेका छन । स्कुल त नियमित आउन पाउदैनन गृहकार्य पनि सधै जसो गरेको पाइदैन् ।’ गा“उको अवस्था जानकारी दिदै सिंहले भने, ‘अभिभावकहरु घरमा हुने भन्दा विदेश गएका मानिसका बालबालिकाहरु पढाइमा निकै कमजोर देखिएका छन ।’

घरमा काम गर्ने मानिस नभएकाले बालबालिकाहरु पनि पढाइ भन्दा घरको काम प्रति नै बढी चिन्तित हुने गरेको उनको भनाई छ । ‘कतिपयका त आमाबुवा नै भारत गएका छन ।’

जयपृथ्वी नगरपालिका –३ पडेसका दिपेन्द्र खड्काले भने, ‘सारा घरको जिम्मा केटाकेटी माथी नै परेका कारण पढाईको बारेमा त सोच्ने फुर्सद नै पाएका छैनन ।’

सानो उमेरमा नै बोझिलो कामको मारले थिचिएका बालबालिकाको मानसिक र शारिरिक विकासमा समेत गम्भिर असर पर्ने गरेको उनले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:५०