सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध मुद्दामा फरार कुर्मी पक्राउ

लागुऔषध मुद्दामा फरार एक जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ बस्ने ३५ वर्षीय गणेश प्रसाद कुर्मी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, लागुऔषध मुद्दामा बाँके जिल्ला अदालतबाट कुर्मीमाथि ७ महिना २३ दिन कैद सजाय तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए ।

कुर्मीलाई पक्राउ गरी बिहीबार जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:३६