सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाकाबाट लागुऔषधसहित चार जना पक्राउ

नेपालगञ्जको जमुनाहा नाकाबाट बिहीवार लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका २ कठोरपुरका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोसी र २२ वर्षीय राहुल शाही रहेका छन् ।

सुनार र विष्ट सवार भे ६ प ९७७३ नम्वरको स्कुटीलाई जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

लागुऔषध व्यूरोको टोली र जमुनाहा प्रहरीको टोलीले आवश्यक जाँच गर्दा शाहीको पाइन्टको बायाँ खल्तीमा ४ सय ५० लिमिग्राम ब्राउन सुगर फेला परेको जमुनाहा प्रहरीका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।

त्यस्तै उनीहरुको साथबाट तराजु समेत फेला परेको छ । सुनार र शाही कारोवारी रहेको खुलेको छ । उनीहरुले ब्राउनसुगर विष्ट र घोषीलाई विक्री गर्न ल्याएको भनेर बयान दिएपछि उनीहरु पनि प्रहरीको फन्दामा परेका हुन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:३४