सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज ९ मा जेष्ठ नागरिकका घर-घरमा पुगेर नि:शुल्क स्वास्थ्य सेवा

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ ले जेष्ठ नागरिकको घर-घरमा पुगेर नि:शुल्क स्वास्थ्य जाँच गरेको छ ।

उक्त वडामा नयाँ जनप्रतिनिधी निर्वाचित भएर आएपछि घरदैलोमै पुगेर यस्तो सेवा दिइएको हो ।

वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्द रेग्मीले घर घरमा पुगेर जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिदाँ राहत महसुस गरेको बताए ।

नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरिएको उनले बताए । नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा वडाका जनप्रतिनिधी पनि खटिएका छन ।

उक्त वडाले साप्ताहिक सरसफाई कार्यक्रम पनि गर्दै आएको छ । वडालाई नमुना बनाउने नवनिर्वाचित जनप्रतिनिधीको प्रयासलाई वडाबासीले पनि साथ दिएका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:२६