सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा अत्यधिक गर्मी

अत्यधिक गर्मी बढेपछि नेपालगन्ज र खजुरामा बिद्यालय बन्द

प्रशासनिक कक्ष खुला राखिने

अत्यधिक रुपले गर्मी बढ्दै गएपछि बाँकेका केही स्थानीयले बिद्यालय बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मी अत्यधिक रुपले बढेका कारण पठन पाठनमा समस्या आएकाले पाँच दिनका लागि बिद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले बताए ।

उनका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म बिद्यालयको पठन पाठन बन्द गरिनेछ । यस्तै जिल्लाको खजुरा गाउँपालिकाले पनि सबै बिद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले अत्याधिक गर्मी बढेर पठन पाठनमा समस्या आएपछि यही जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म गर्मी विदा गरिएको जानकारी दिए ।

पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष खुला राखिने उनले बताएका छन् ।

 

Garmi Bida NPJ1654762719.jpg

Garmi Bida Khajura1654762721.jpg

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १८:१८