सूचनाको शक्ति - The Power Of Information

        

एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा रहेको जाबेर अल अहमद रङ्गशालामा भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे ।

यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे ।

यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब शनिवार घरेलु टोली कुवेत र आउँदो ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार ०७:३६