सूचनाको शक्ति - The Power Of Information

        

पहिराे खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द

वर्षासँगै खसेको पहिराेका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेकाे नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराेकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ मा रहेकाे नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार ०७:३१