सूचनाको शक्ति - The Power Of Information

        

धारिलो हतियार प्रहारबाट सल्यानमा एक घाइते

सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएको छ ।

जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका–२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको हो ।

धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका–२ का १९ वर्षीय रूपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त (थर नखुलेको), शारदा नगरपालिका–१ पटनेरीका १८ वर्षीय विवश हमाल र सुर्खेत गुर्भाकोट नगरपालिका–९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हतियार प्रहार गर्ने चारैजना फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार १९:०९