सूचनाको शक्ति - The Power Of Information

        

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ २५ गते अन्तिम दिन रहेको छ |

धितोपत्र बोर्डले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको थियो | यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन हुन लागेको हो |

जसमा (५ % ) ७५ हजार कित्ता सामुहीक लगानी कोष र (४% ) ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ |

रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

आवेदकले बिक्री प्रबन्धक रहेको सानिमा क्यापिटल मार्फत अथवा नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यलयहरु र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ०८:२५