सूचनाको शक्ति - The Power Of Information

        

२०७९/८० को नीति तथा कार्यक्रम

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

अधुरा योजनाहरू प्राथमिकतामा पर्ने

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज (बुधवार) सार्वजनिक हुँदैछ ।

प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक समक्ष दिउँसो प्रस्तुत गर्ने कार्यतालिका छ ।

गएको सोमबार नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहे पनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि नीति कार्यक्रम बुधबारको लागि सारिएको हो ।

सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना सम्पन्न गर्ने गरी अधुरा योजनाहरू प्राथमिकतामा पर्ने भएका छन् ।

प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन नीति कार्यक्रमको प्राथमिकतामा परेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

विनियोजन विधेयक–२०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति हरुको सेरोफेरोमै रहेर नीति तथा कार्यक्रम तयार पारिएको शर्माले बताए ।

प्रवक्ता शर्माले भने, ‘पुराना बहुवर्षीय आयोजनालाई निरन्तरा दिने र नयाँ बहुवर्षीय आयोजना र गौरवका आयोजनालाई थोरै रहनेछन् ।’

प्रदेशको सन्तुलित विकास गर्नका लागि आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षको रूपमा लिइने उल्लेख गरे ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ०८:१७