सूचनाको शक्ति - The Power Of Information

        

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

 चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ ।

आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद  परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका  लागि  राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो ।

नेपालबाट एसियन खेलमा  २३  वटा खेलको सहभागिता रहने निर्णय भएको छ । तर, एसियन खेल भने  स्थगित भइसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने भएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार ०७:४४