सूचनाको शक्ति - The Power Of Information

        

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो ।

उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९  जना सांसदमध्ये  उहाँको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उहाँलाई  विश्वासको मत  जित्नका लागि १ सय ८० मत ल्याए पुग्थ्यो ।

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिनुभएको थियो । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना  सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

विश्वासको मतका लागि बेलायती समय अनुसार  हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो ।  कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोनसनको आलोचना भइरहेको छ ।

लकडाउनमा भोजमा गएर नियम तोडेकोमा भने उहाँले माफी मागिसक्नुभएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार ०७:४१