सूचनाको शक्ति - The Power Of Information

        

२ दिन बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता

हप्तामा २ दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता रामबहादुर शाहीले हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट दर्ता गराउनुभएको हो ।

सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हप्तामा २ दिन बिदा दिने गैर संवैधानिक गतिबिधिमा मन्त्री परिषदले विचार विमर्शनै नगरि गरेको निर्णय र राजपत्रका प्रकाशित सूचना परमादेशको आदेशले बदर गरि उक्त निर्णयबाट हुने सम्पूर्ण काम कारवाही रोक्न अनतरिम आदेश माग गरिएको छ ।

यस्तै, सो रिट निवेदनलाई अग्राधीकारमा राखेर सुनुवाई गर्न पनि रिट निवेदकको माग छ । रिट निवेदनमा हचुवाको भरमा देशका हरेक काम कारवाही नै ठप्प पार्ने गरि संविधानको मर्म विपरित, कानूनको परिपालना नगरि गरेको निर्णय देश र नागरिकको विरुद्ध भएको भन्दै बदर भागी भएको उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले यो मुद्धा सुनुवाईको लागि भोली पेशी तोकेको छ । गत बैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गतेबाट लागु हुनेगरि हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १८:५३