सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार झन्डै १३ अङ्कले घट्यो

हप्ताको कारोबार हुने पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १२ दशमलव ९२ अङ्कले घटेर २ हजार ६५ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन अन्य र म्यचुल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

दुई सय २८ वटा कम्पनीका ४४ लाख नाै हजार कित्ता शेयर एक अर्ब २७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको आठ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

हिमालयन बैंकको शेयर १० प्रतिशत र माहुली लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १८:३७