सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटना हुँदा कोहलपुरमा एक जनाको मृत्यु, दुई घाइते

बाँकेको कोहलपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीमा कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल आइतवार राति पौने १२ बजे एक आपसमा ठोक्किँदा भे १२ प ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते भएका छन् । दुबै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १८:२८