सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट पुनः भित्रियो कोरोना

भारतबाट नेपालगञ्ज फर्केका तीन जनामा कोरोना पुष्टि

मास्कको प्रयोग गर्न सबैलाई आग्रह

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि प्रभाव देखिएको छ ।

अधिकांस नेपाली भारतका विभिन्न शहरमा काम गर्ने पुगेको र त्यहाँबाट फर्किने नेपालीबाट विगतझै पुनः कोरोना संक्रमण निम्तिन थालेको हो ।

यसैक्रममा भारतबाट फर्किएका ३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

भारतको रुपैडिहा हुदै नेपालगन्ज आइपुगेका ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

फोकल पर्सन ओलीका अनुसार सोमबार बिहान मात्र दैलेख, प्युठान र जाजरकोटका १/१ जना गरि ३ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो ।

फोकल पर्सन ओलीले कोरोना संक्रमण सुरु भएकाले मास्कको प्रयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १८:०८