सूचनाको शक्ति - The Power Of Information

        

आशिफ शेख र कुशल भुर्तेल घाइते, सुवासलाई अमेरिका बोलाइयो

विश्व कप क्रिकेट लिग–टू खेल्न अमेरिका पुगेको नेपाली टोलीका २ जना महत्त्वपूर्ण सदस्य घाइते भएका छन् । ओपनर तथा विकेटकिपर आशिफ शेख र कुशल भुर्तेल घाइते भएका नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

प्रतियोगिता सुरु हुने बेला अर्थात् जुन ९ तारिखसम्म पनि उनीहरू निको नहुन सक्ने भएकाले क्यानले नेपालबाट सुवास खकुरेललाई अमेरिका बोलाएको छ ।

अमेरिका भ्रमणमा रहेको नेपालले आउँदो बिहीवार ओमानसँग खेल्दैछ । बिहीवारसम्म शेख र भुर्तेल निको नहुने आशंकामा खकुरेललाई अमेरिका बोलाइएको हो ।

लिग अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच त्रिदेशीय एकदिवसीय शृङ्खला हुन लागेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतवार १८:१४