सूचनाको शक्ति - The Power Of Information

        

विश्व वातावरण दिवस: नेपाल विद्यार्थी संघ बाँकेद्वारा नेपालगञ्जमा बृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा नेपाल विद्यार्थी संघ बाँकेले बृक्षारोपण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित कान्ति ताल परिसरमा बृक्षारोपण गरिएको नेविसंघ बाँकेका कार्यवाहक अध्यक्ष चक्र रावतले जानकारी दिए ।

आइतवार विहान आयोजित बृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महासमिति सदस्य राजकुमार बर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपमेयर उमा थापा मगर, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतवार १८:००