सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु

बझाङमा यार्सा संकलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन् । बिहीबार राती करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो ।

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, शशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

समृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घर मा ताला लगाएर यार्सा संकलनका लागि लेक तर्फ गएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार १९:००