सूचनाको शक्ति - The Power Of Information

        

आज नादाल र भेरेभ भिड्दै

फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेल आज हुनेछन् ।

उपाधि दावेदार स्पेनिस खेलाडी राफाइल नादालले जर्मनीका अलेक्जेडर भेरेभको सामना गर्दा चेक गणतन्त्रका मारिन सिलिचले नर्वेका क्यास्पर रुडसँग खेल्नेछन् ।

उता, महिलातर्फ अमेरिकी खेलाडी कोको गौफ र पोल्याण्डकी इगा सिवाटेक फाइनलमा पुगेका छन् ।

फ्रान्सको पेरिसमा जारी ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा विना वरियताकी इटालीयन खेलाडी मार्टिना ट्रिभिजानलाई ६–३ र ६–१ को सोझो सेटमा हराउँदै गौफ फाइनलमा पुगेकी हुन् ।

अर्को सेमिफाइनलमा रुसकी दारिया कासात्कीनालाई ६–२ र ६–१ को सेटमा पाखा लगाउँदै पोल्याण्डकी इगा सिवाटेक पनि फाइनलमा पुगिन् ।

दुवै खेलाडी करियरमा पहिलो ग्राण्डस्लाम उपाधिको खोजीमा छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०८:४०