सूचनाको शक्ति - The Power Of Information

        

लिटरमा १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । मुल्य घटेसंगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

यसअघि बुधबार भारतबाट मेट्रोलमा मुल्य बढेर नयाँ सुची आएको थियो । नयाँ मुल्यसुची बढेर आएपछि नेपालमा पनि मुल्य बढ्ने अनुमान गरिएकोमा निगमले पेट्रोल डिजेल र मट्टीतेलमा मुल्य घटाएको हो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०७:३४