नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेले बाँकेको स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई दिदैं सम्मान गरेको छ ।
बिहिबार खजुरा रोड स्थित संगठनको कार्यालयमा भएको कार्यक्रममा बाँके जिल्लाका स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले पुर्व प्रहरीको संगठनले समाजका लागि थुपै्र योगदान गर्न सक्ने बताए ।
उनले भने,‘प्रहरी संगठनमा भएकाहरु पहिलैनै विभिन्न कुरामा प्रशिक्षित हुनुहुन्छ । यहाँहरुसँग भएको शंक्तिलाई हाम्रो समाजले प्रयोग गर्नु पर्छ ।
तपाईहरुले सेवा भावनाले धेरै काम गर्नु भएको छ । भविष्यमा पनि गर्न सक्नु हुनेछ । नेपालगन्ज उपमहानगर पालिकाले संगठनलाई सक्दो सहयोग गर्नेछ ।’
उपप्रमुख कमरुद्धिन राईले पनि संगठनलाई मानविय सेवामा लाग्नका लागि थप सहयोग गर्न आफुहरु तयार रहेको बताए ।
यसैगरी जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँनले पनि आफनो जस्तो पिछडिएको गाउँपालिकाको विकासमा प्रहरी संगठनको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति एवम् संगठनका संस्थापक कृष्णमान श्रेष्ठले आफनो भनाई राखेका थिए । श्रेष्ठले प्रहरी संगठनले समाजको लागि रक्षककको रुपमा काम गर्न सक्ने बताए ।
प्रहरी संगठनमा भएका अन्य साथीहरुलाई समाजको हरेक क्षेत्रको विकास, आफनो गाउँ ठाउँको विकासमा योगदान गर्न आग्रह गरे ।
नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँके अध्यक्ष एवम् पुर्व प्रहरी निरिक्षक गंगा बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम पुर्व डिएसपी ज्योति श्रेष्ठ, पुर्व डिएसपी सुर्य बहादुर केसी लगायतले संगठनको उद्देश्य र संगठनले गरिरहेका कार्यको बारेमा चर्चा गरेका गरेका थिए ।
सत्यपाटी । बाँके ।