सूचनाको शक्ति - The Power Of Information

        

बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो

एक हप्तायता बाँकेसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण हिंजोआज अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन शुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मीका कारण बालबालिकालाई बढी समस्या परेको छ । विद्यालयमा गएका बालबालिकालाई बढी मारमा पर्ने गरेका छन् ।

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको संक्रमण हुनसक्ने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १८:३१