सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा गाँजासहित भारतीय नागरिक पक्राउ

बाँके प्रहरीले अवैध गाँजा सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नं.१ चौफेरीस्थित खुल्ला नाका भएर भारततर्फ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा, भारत देश जिल्ला श्राववस्ती गंगा मंगार बस्ने २४ वर्षीय लवकुश सोनखर रहेका छन् ।

उनलाई नेपाल प्रहरी र सशस्त्रा प्रहरी संयुक्त रुपमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १८:३४