सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको एक सुधार केन्द्रमा रहेका युवकको मृत्यु

बाँकेको नेपालगञ्जस्थित सभ्य पाइला सुधार केन्द्रमा रहेका युवकको मृत्यु भएको छ ।

बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा जानकी गाउँपालिका –२ चौधरीपुरका हिक्मत थापाको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमबारदेखि सुधार केन्द्रमा बस्दै आएका थापा एक्कासि बिरामी परेपछि बुधवार बिहान अस्पताल लगिएको थियो ।

परिवारले घटनाको वास्तविक छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १८:३२