आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका ( फ्लाइट प्लान क्लियरेन्स ) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् ।
हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट ) र अवतरण गर्ने विमानस्थलबाट मौसम सम्बन्धी अनुमति दिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले यसअघि आखाँले हेरेर गरिने उडान अर्थात भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडानमा प्रस्थान विमानस्थल र गन्तव्य विमानस्थलको मौसमको आधारमा उडान अनुमति दिने गरेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।