बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशका ९ वर्षीय बालक ४ दिन बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका –१ कैलासका मदेश शाहीका माइला छोरा धरेन्द्र शाही जयपृथ्वी नगरपालिका १ कैलासको नजिकै पर्ने मष्टा गाउँपालिका – १ मा पर्ने घोणकोटको जंङ्गलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका हुन ।
वेताल सामुदायिक प्राथमिक विध्यालयमा अध्ययनरत रहेका धरेन्द्र आफ्ना ठुला बुवा शेर बहादुर शाहीसंग गोठालो गएको बुझिन आएको छ ।
धरेन्द्रका ठुला बुवा भैसी फर्काउन करिब २० मिनेट टाढा गएका बेला एक्लै बसेका धरेन्द्र उनका ठुलाबुवा त्या पुग्दा सम्म त्यो ठाउँमा नभएको भन्ने बुझिन आएको उनकी फुपु विर्सना शाहीले जानकारी दिइन ।
४ दिन सम्म धरेन्द्र घर नआएपछी जिल्ला प्रहरी कार्यालय बझाङमा उनि हराएको जानकारी दिएपनि आज विहानै देखि स्थानिय, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यका लागि उक्त ठाउँमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।
साथै उनका आफन्तहरुले कहि कतै कसैलै भेट्टाएमा नजिकैको प्रहरी चौकि बुझाईदिन समेत आग्रह गरेका छन् ।
सत्यराज सिंह । बझाङ ।