सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

असहयोग गर्ने नेता कार्यकर्तालाई काँग्रेस बाँकेले कारबाही गर्ने

असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी

नेपाली काँग्रेस बाँकेको जिल्ला अनुशासन शाखाले बैशाख ३० गते भएको पालिका निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने तीन दर्जन नेता तथा कार्यकर्तालाई स्पष्टिकरण सोध्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

जिल्ला अनुशासन शाखाका संयोजक टंकप्रसाद काफ्ले आशिषको अध्यक्षतामा मंगलवार बसेको बैठकले तल्ला कमिटीबाट आएका सिफारिसलाई अनुमोदन गर्दै जिल्ला कार्यसमितिलाई पठाएको हो । अव जिल्ला कार्यसमितिले उनीहरुलाई स्पष्टिकरण सोध्ने छ ।

स्पष्टिकरण चित्त नबुझे कारवाहीका लागि प्रदेश समितिलाई सिफारिस गर्ने काँगे्रस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए ।

पालिकाको चुनावमा काँग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेपछि तल्लो कमिटीले सहयोगी नेता तथा कार्यकर्ताहरुको नाम लिस्टिङ गरेर अनुशासन शाखामा पठाएका थिए ।

पालिकाको चुनावमा असहयोग गर्नेमा सबैभन्दा धेरै जानकी, नरैनापुर र नेपालगञ्जका नेता तथा कार्यकर्ताहरु रहेको संयोजक काफ्लेले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १८:५२