सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा जोर्नी प्रत्यारोपण सेवा शुरु

भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा शुरु भएको छ । एकपछि अर्को विशिष्टिकृत सेवा थप्दै गएको अस्पतालले जोर्नी प्रत्यारोपण सेवा पनि शुरु गरेको हो ।

बाँकेको खजुरा गाउँपालिकाका ४५ वर्षीय पुरुषको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा शुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन डा. प्रकाश थापाले जानकारी दिए ।

मंगलवार विहान ८ बजेदेखि १० बजेसम्म करिव दुई घण्टा लगाएर शल्यक्रिया गरिएको डा. थापाले बताए । उनका अनुसार अस्पतालमा यस खालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।

अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तिर्थेन्द्र खड्काको नेतृत्वमा डा. ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे लगायतको टीम शल्यक्रियामा संलग्न थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १८:४५